दोलखामा गुणस्तरीय घोडा उत्पादन, तर विदेशीबाट महँगो मूल्यमा ल्याउने क्रम रोकिएन

३० कार्तिक २०८०, बिहीबार १८:४८

काठमाडौं, ३० कात्तिक । नेपालमा नै अत्यन्त गुणस्तरका घोडा उत्पादन हुन्छ । तर नेपालमा उन्नतजातका घोडाका नाममा महँगो मूल्यमा भारत, हंगेरी, स्लोभागिया लगायतका देशबाट घोडा भित्रिन्छन् ।

दोलखाको विगु गाउँपालिकाको लप्चीका स्थानीयको मुख्य पेसा नै याक–चौँरी र घोडा पालनहो । यो विकट गाउँका किसानले पुस्तौँ देखि चौँरी र घोडा पाल्दै आएका छन् । तर गाउँको उत्पादन आफ्नो देशभित्र बिक्री गर्न ल्याउने बाटो समेत नहुँदा लप्चीवासीले तिब्बती बजारको भर पर्नुपरेको छ।

स्थानीय पेम्बा शेर्पाका अनुसार लप्चीका १३ घर किसानले नै घोडा पालेका छन् । हरेकवर्ष घोडाका बछेडा÷बछेडी उत्पादन हुन्छन् । घोडा बेच्नेको लागि तिब्बती बजार पुर्याउनु पर्छ । लप्चीवासीले घोडा बेच्न तिब्बतको कुटी बजार पु¥याउँछन् ।

लप्चीको घोडाको तिब्बतमा पनि राम्रो माग रहेको छ । ‘कुटीमा लप्चीको घोडा ५० हजारदेखि १ लाख २० हजार नेपाली रुपैयाँसम्ममा बिक्री हुन्छ, घोडा हेरेर मोल हुन्छ’, पेम्बाले भने ।

लप्चिबाट तिब्बत र्पुयाइएको कतिपय घोडा त्यहाँबाट नेपालतर्फ पनि आउँछन् । ‘नेपाल आउँदाती घोडाको मूल्य निक्कै बढेर आउँछ । ती घोडा सोझै नेपाल ल्याउने हो भने आफ्नै देशका गुणस्तरीय घोडा सस्तो मूल्यमाआउने थिए’, नेपाल शेर्पा संघ वाग्मतीप्रदेशका सचिवदावासङ्बु शेर्पाले भने ।

लप्चीपुग्ने सडकको कुरै छाडौँ घोडेटो बाटो समेत छैन । दोलखाको सिंगटीबाट दुई दिनको जोखिमपूर्ण पहरोको पैदल यात्राबाट मात्रलप्ची पुगिन्छ । स्थानीयलाई आफ्नै देश भित्र आउजाउ गर्न जीवन जोखिममा पार्नुपर्छ । पशु बस्तु ल्याउने लैजाने कुरा त कल्पना गर्न पनि सकिँदैन ।

अहिले विगुको थाङ्जेबुसम्म सडक खोल्ने क्रम चलिरहेको छ । त्यहाँसम्म सडक खुल्यो भने एक दिन पैदल यात्रा पछि लप्चीपुग्न सकिन्छ । त्यो पनि सहज बाटो छैन ।

लप्चीसम्म पुग्ने घोडेटो बाटो मात्रै राम्रो बनाइदिने हो भने लप्चीका घोडा र चौँरी नेपालका अन्य भागमा र्पुयाउन सकिन्छ । अनित्यहाँको चौँरीजन्य उत्पादन पनि नेपाली बजारमा ल्याउन सकिन्छ । ‘अरूविकासको के कुरा गर्नु, सरकारले हामीलाई पैदल हिँड्ने बाटो त दिन सकेको छैन’, पेम्बाले भने ।