काठमाडौं, ३० कात्तिक । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुमगाँउकी ४० वर्षिय नानीभाउ बि.कको शरीरको तल्लो भाग अपाङ्गछ ।
जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले फोहोरी अपाङ्ग भनेर हेप्ने गर्छन् । दिशा,पिसाव गर्न समेत समस्या भएपछि उनका बुबाले १० बर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहराबनाई राखेका छन् ।
अपाङ्गभएकै कारण बोझभई भनेर आफ्नै परिवारबाट अपहेलित हुनु परेको अपाङ्ग बिक बताउँछिन् । गाउँघरमा सबैले अपाङ्गीभनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा सानो टिनको टहरमा बनाएर राखेको भन्दै एक्लै बस्दा बिरामी हुँदा हिड्न, खान, बस्न, दाउरा पानी ल्याउन पनि निकै समस्या भएको उनको भनाई छ ।

उनले भनिन्, ‘म जन्मजातै अपाङ्ग भएको आमाबुवाले बताउँछन् । आमाको मृत्यु भई सक्यो, भाई बुहारी अलग बस्छन् र कहिलेकाहीँ सहयोग गरेपनि,बोझ भई भनेर हेप्छन्, गाउँघरमा सबैले अपाङ्गीभनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा सानो टहरा बनाई दिएको १० बर्ष बित्यो,अहिले म ४० बर्ष पुगें तर बिरामी हुँदा हिँड्न,खान, बस्न, दाउरा पानी ल्याउन पनि निकै समस्या हुन्छ ।’
हिउँदका दिनमा धेरै चिसो, बर्खा माहिलो र पानीटहरा भित्रआउने गरेको गुनासो गर्दै उनले थप भनिन्, सडकको छेउमा बासहुँदागाडी,बसको धुवाँधुलोले स्वास्थ्यमाथपसमस्याहुने गरेको छ ।
नानीभाउका बुबा धर्मसिंह कामीले आफंैलाई खान, लाउन समेत समस्या भएको कारण छोरीलाई केही गर्न नसकेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।
उनले भने, ‘सडकको बास छ । कोठाभित्र धुवाँ, धुलो र पानी आउने गरेको छ । आमा छैन, म बुढेसकालको बुबामलाई आफैंखान छैन,यहाँ छोरीको बिचल्ली छ कुनै मनकारी व्यक्तिले केही गास,लत्ताकपडा र बासको सहयोग गरी दिन आग्रह गर्दछु ।’
चिसो लागेसँगै दाउरालिन, पानीभर्नपनिसमस्याहुँदानानीभाउलाईकहिलेकाहीँभोकै रातकटाउनु पर्ने बाध्यता रहेको उनकाछिमेकीहरुको भनाई छ ।
सरकारले २०७२ सालमा जारी भएको संबिधानमा समानुपातिक, समावेशि, सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक समानता, समृद्घ र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्पसहित संबिधानको धारा ३९ कोउपधारा ९ मा‘असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।’भनिएको र धारा ४२ को उपधारा ३ मा ‘अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा, आत्म सम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।’भनिएता पनि मुगुकी नानीभाउ जस्तै अपाङ्गभएकै कारण नागरिकहरु बिचल्लीमा पर्ने गरेका छन् ।
नेपालको जनगणना २०७८ अनुसार मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा कुल जनसंख्या २४ हजार ५ सय २७ जनारहेकोमा अपाङ्गता भएकाहरु ६ सय ३७ जना रहेका छन् ।
छाँयानाथ रारा नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायाका अनुसार पालिकाभर अपाङ्गता भएका नागरिकहरुको पहिचानका लागि न्यायीक समितिले छुट्टै संयन्त्रबनाई कामगरिरहेको र अपाङ्गहरुको वर्गीकरण समेत गरिएको छ ।
उनले चुनाव पश्चात पालिकाभर एक पटक अपाङ्गता भएकाहरुलाई विभिन्न लत्ताकपडा तथा आवश्यक सामग्रीहरु वितरण गरिएको र नियमित रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दाबी पनि गरेका छन् । नानीभाउ एक नमूना मात्र हुन्, देशभर राज्यका तीनै तहका नीति निर्माणकर्ताहरुले यस्ता धेरै नागरिकहरुलाई महत्वका साथ नहेरेको देखिन्छ ।
