
काठमाडौं, ३० कात्तिक । स्वास्थ्य सुझावःधनीलाई लाग्ने रोग अब सबैलाई लाग्न सक्छ ।
रोग सबैलाई लाग्न सक्छ। रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन। धनीहोस् कि गरीब, उच्चओहोदाको होस् कि निम्नपदमाआसिन, रोग सबैलाई लाग्न सक्छ।
हिजो आज जुनसुकै अस्पतालमा उपचारका लागिपुगेका मानिसहरुलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ । उनीहरु सबैको हैसियत समान हुँदैन। कुरा यत्ति मात्र हो कि उपचार गर्न भने आर्थिक हैसियत अनुसारको अस्पताल छानेर मानिसहरु जाने गर्छन्। तर रोगले अस्पतालको हैसियत हेरेर बिरामीलाई सहानुभूति भने प्रकट गर्दैन। यो
कुरा चिकित्साविज्ञानका धुरन्धर विज्ञहरुले नै अनुसन्धान गरेपछिभन्ने गरेका छन्। कुनैबेला केहीधनीलाई मात्र लाग्छ भनिन्थ्यो। त्यसो भन्नाको कारण थाहा पाउन नसकेर सर्वसाधारण मानिसहरुले सहजै पत्याउने गरेका थिए। तर शिक्षाको स्तर बढ्दै गएपछि सबैलाई अवगत हुनथाल्यो कि रोगले विभेद गर्दै गर्दैन।
कुनै बेलाशहर निवासी र धनीव्यक्तिहरुमा मात्र देखिने ह्रदयाघात, डायबिटीज, स्ट्रोक,हाडजोर्नी र क्यान्सर जस्ता रोग गरीब मानिसमा देखिँदैन थियो। जो ज्यादातर गाउँमा नै बसोबास गर्थे।
गाउँमा भन्दा धनीव्यक्तिहरु शहरमा बढीबसोबास गर्ने भएकाले उनीहरुलाई नै बढी यस्ता रोगले समाउँथे। अग्ला अग्ला भवन, आधुनिक सुविधाको रहन–सहन र स्वादिला व्यञ्जन उनीहरुको नियमित भोजन हुनेगर्छ। यही जीवनशैली बानी पर्दै जाँदा उनीहरु नै यस्ता रोगबाट संक्रमितहुने गर्छन्।
तर यो रोगले सन् १९९० र २००० पछिका दशकमा बिरामीको वीच भेद गर्न छाड्यो र यसले सबैलाई गाँज्न थाल्यो। २००० सम्म आईपुग्दा त केहीरोगले धनाढ्यलाई मात्र संक्रमणगर्छ भनिने गरेकामा अब गरीब र झुपडीमा बस्ने मानिसलाई पनि बाँकी राख्न छाड्यो।
यी हुन् मुख्य रोग।
ह्रदयाघात
संसारभरी हरेक वर्ष ह्रदयाघातबाट सबै भन्दा बढी मानिसको मृत्यु हुने गर्छ। २०१४मा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा सन् १९९० पछिगाउँमा पनि कार्डियोभेस्कुलर डिजीजको समस्या दुइ गुणा बढेको देखाईएको थियो।
यति मात्र होइन ससाना बालबच्चाहरुलाई समेत ह्रदयाघात भैरहेको छ। उनीहरुलाई कोलेस्ट्रोल रउच्च रक्तचापको समस्या निकै बढेर गएको उक्त अनुसन्धानमा देखाईएको छ।
डायबिटीज
हिजोआज ३० वर्षकै उमेरमा मानिसहरुलाई मधुमेहको समस्याले सताउन थालेको छ। तर केही वर्ष अघिसम्म यस्तो समस्या देखापरेको थिएन। यो एक मेटा बोलिकरोग हो। जसमा रगतमा ग्लूकोज बढेर जान्छ।यसको असरले मृगौला र आँखालाई कमजोर बनाउँदै उपचार नपाए धेरै क्षति पनि गर्छ।
कोमा
हामी सबैले सुन्ने गरेका छौं कि धेरैजसो धनाढ्य व्यक्तिहरु कुनै रोगका कारणको मामा जान्छन्। यसको मुख्य कारणहो स्ट्रोक। जसले मष्तिस्कको नसाबन्द भएपछि रक्त प्रवाहमा अवरोध आउँछ र शरीर हल न चलहुनपुग्छ।
गठिया
गठिया रोग पनि धनीमानीलाई नै लाग्ने रोग मानिन्छ। जोर्नीहरु दुखेर उठबस समेत गर्न नसक्ने अवस्था आए पछि मानिस हिँडडुल नै गर्न असमर्थ हुन्छ। खासगरी यो समस्याले बूढेसकालमा बढी सताउँछ।
क्यान्सर
यो रोगलाई पनि पहिला पहिला धनीलाई मात्र लाग्ने रोग भनेर चर्चा गरिन्थ्यो। यो रोगको उपचार असाध्य महँगो र दुर्लभ जस्तै भएकाले पनि उपचार खर्च निकै नै बढीहुने गथ्र्यो। अहिले नै पनि यसको उपचार गर्दागर्दा मानिसहरु आर्थिक रुपले चौपट भएका समाचारहरु प्रकाशमा आईरहन्छन्। तर अहिले आएर जथाभावी खानपान गर्नाले क्यान्सरले धनी गरीब भनेर छुट्याउन छाडेको छ।
विशेष गरेर धनाढ्य मानिसहरु कमहिँडडुल गर्ने र सकेसम्म शरीरलाई कष्टनदिने बानीमा रमेकाले उनीहरुको जीवनशैलीविलाशी बनेको हुने गर्छ।व्यस्तदैनिकी र कम स्वास्थ्यकर खानपिनमाबानी परेका उनीहरु बढी स्वास्थ्य समस्यामा पर्ने गरेका हुन् भन्ने स्वास्थ्यविशेषज्ञहरुले बताएकाछन्।शारीरिक व्यायामबिनाको तनावपूर्ण जीवनशैली नै उनीहरुलाई स्वास्थ्य समस्याआईपर्ने मुख्य कारणमानिएको छ।
बढीचिल्लो भएको खाद्यपदार्थ, अतिगुलियो खानेकुरा, धेरै नूनहालेको चर्को खानेकुरा, मदिरा, सुर्तिजन्यपदार्थ र प्याकिङ्गखानेकुरा रोग निम्त्याउन कारक बन्ने विज्ञहरुले बताएकाछन्।
यो त सामान्यजानकारी मात्रहो। यस्ता समस्या देखा परेमा चिकित्सकसँग परामर्श नगरी आफूखुशीऔषधि सेवन गर्नु हुँदैन।
