नेकपा (एस) परित्याग गरी कौशिलाल यादव एमाले प्रवेश

३० कार्तिक २०८०, बिहीबार १३:०६

काठमाडौं, ३० कात्तिक । नेकपा (एकीकृत समाजवादी) महोत्तरी जिल्ला अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।

नेकपा (एस) परित्याग गरी उनी पु्रानै घर नेकपा (एमाले) प्रवेश गरेका छन् । यादवलाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

उनीसहित जिल्ला कमिटी र नगर कमिटीमा जिम्मेवार पदमा रहेका नेताहरुले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले दसैं,,तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुले नेकपा ((एस) परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा नेकपा (एस) जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायतको नेता तथा कार्यकर्ताहरु रहेका छन् ।