यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

३० कार्तिक २०८०, बिहीबार ०८:४८

काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ२०पैसा र बिक्री दर १४४ रुपैयाँ८५ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ३४ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।