गोल्ड स्टार सुजले भूकम्प पीडिहरुलाई ३५ लाख बराबरको जुत्ताचप्पल सहयोग

२६ कार्तिक २०८०, आईतवार १५:०९

काठमाडौं, २६ कात्तिक । गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि सहयोग गरिएको उनले बताइन् ।