नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमय दर के कतिमा कारोबार हुदैछ ? थाहा पाउनुहोस्

२५ कार्तिक २०८०, शनिबार ०८:४४

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।