आज पनि घट्यो सुनको मूल्य, कारोबार कतिमा हुदै छ ?

२३ कार्तिक २०८०, बिहीबार १४:५२

काठमाडौं, २३ कात्तिक । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।