काठमाडौं, २३ कात्तिक । पूर्वआईजीपी रणबहादुर चन्द र तारा बराल बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेपछि ताराले थप्पड हानेका युट्युवर मनोजकुमार महतो पक्राउ परेका छन् ।
‘स्टार अनलाइन’ टिभीका सञ्चालक महतो विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
महतोविरुद्ध तारा बरालले पनि उजुरी दिएकी थिइन् ।
