घट्यो युरो र पाउण्डको भाउ, कारोबार के कतिमा हुदैछ ? थाहा पाउनुहोस्

२३ कार्तिक २०८०, बिहीबार ०८:२१

काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७७ पैसा र बिक्री दर १६३ रुपैयाँ ५१ पैसामा झरेको छ।

हिजो पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो । युरो एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ रुपैयाँ ४२ पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।