चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

२२ कार्तिक २०८०, बुधबार ०८:२८

काठमाडौं, २२ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल
आउँदैछन् ।

औपचारीक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाट कार्यक्रम रहेको छ । नेपालमा मिला हेर्ने निकायका अन्य पदाधिकारी समेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीनभ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयन बारे छलफल गर्नेछन् ।

वाङले आज उपराष्ट्रपति राम सहाय यादवलाई भेट्नेछन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम रहेको छ । २५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने छन् ।

चीनभ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो ।