भूकम्प पीडित कोषमा नेकपा एसको पच्चीस लाख सहयोग

२१ कार्तिक २०८०, मंगलवार १२:१५

काठमाडौं, २१ कात्तिक । नेकपा एकीकृत समाजवादी (एस)ले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

नेकपा एसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुद्वारा रकम संकलन गरी २५ लाख रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।