ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुमन पोखरेल नियुक्त

२० कार्तिक २०८०, सोमबार ११:५१

काठमाडौं, २० कात्तिक । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्।

बैंकको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डीसीओ नियुक्त गरेको हो। यसअघि पोखरेल आइएमई ग्रुपको भाइस प्रेसिडेन्ट थिए। साथै उनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) थिए।

एभरेष्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्।