सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

२० कार्तिक २०८०, सोमबार ०८:१२

काठमाडौं, २० कात्तिक । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते सोमबारका दिन अन्तिम मौका रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोली कात्तिक २१ गते मंगलबार बुक क्लोज गर्ने भएको छ।

यसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र साधारण सभामा भाग लिन सक्नेछन् । बैंकले मंसिर ५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजे बोलाएको हो । सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।