गण्डकी प्रदेश सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि १ करोड सहयोग गर्ने

१९ कार्तिक २०८०, आईतवार १०:३९

काठमाडौं, १९ कात्तिक । गण्डकी प्रदेश सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले तत्कालै १ करोड उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘

भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो,’ उनले भने, ‘एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले सहयोग रकम पठाउने निर्णय गर्यौं ।’

सरकारले शनिबार भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधी सहितको स्वास्थ्यकर्मी टोली पठाइसकेको छ ।