भकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म सिमसहितको निःशुल्क कल र एसएमएस

१८ कार्तिक २०८०, शनिबार १५:५१

काठमाडौं, १८ कात्तिक । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि सिमसहित निःशुल्क उपलब्ध गराउने घोषणागरेको छ।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रूपमा सुचारु राख्ने प्रतिबद्धता जनाएको छ ।

टेलिकमले पाँचदिनका लागि निशुल्क टेलिकमको सिमसहितको एसएमएस र कल सेवा उपलब्ध गराउने जनाएको हो ।

‘प्रभावित क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।’

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्तेको वाइफालाई सेवा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुलाई सम्पर्क गर्न सकिनेछ ।
प्रकाशचन्द्र सिग्देलः 9851021740

जनकडाँगीः 951109955
ओमप्रकाश ढकालः 9851347870