एभरेष्ट बैंकले गर्‍यो ७८ करोड ७ लाख रुपियाँ खुद नाफा आर्जन

१७ कार्तिक २०८०, शुक्रबार १२:४४

काठमाडौं,१७ कात्तिक । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ करोड ७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकद्वारा आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको समीक्षा अवधिभन्दा नाफा घटाएको हो । गतवर्ष ८६ करोड २२ लाख नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ५२ करोड र वितरणयोग्य मुनाफा ४२.२६ प्रतिशत छ । बैंकले १ अर्ब ११ करोड रुपियाँ सञ्चालन मुनाफा गरेको छ ।

यसैगरी बैंकले १ अर्ब ८९ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ भने एनपीएल बढेर ०.९० प्रतिशत पुगेको छ ।

त्यस्तै २ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ ।

प्रतिशेयर आम्दानी २९.१९ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।