रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबिच कुटाकुट

१७ कार्तिक २०८०, शुक्रबार १२:१८

काठमाडौं,१७ कात्तिक । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबिच कुटाकुट भएको छ। तारा एयरको टुइनअटर विमान लुक्ला बाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबिच रामेछाप सामान्य कुटाकुट भएको छ ।

आज बिहान ८ बजे तिर विमानस्थलको एप्रोनमा कुटाकुट भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उक्त विमानस्थलका प्रमुख अशोक थापाका अनुसार दुई पाइलटबिच व्यक्तिगत विषयमा झगडा भएको कारण यस विषयमा कुनै प्रतिक्रिया दिन आवश्यक नठानेको बताएका छन् ।

सामान्य झगडा पश्चात् दुई पाइलटमध्ये एक जनाले विमान लिएर लुक्ला पुगेको र अर्का पाइलट रामेछापमै रहेको जानकारी दिएका छन् । सञ्चार माध्यममा समाचार बाहिरिएसँगै यस घटनाका बारेमा नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने जनाएको छ।