काठमाडौं,१७ कात्तिक । आईसीसी टी–२०क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ ।
अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ। यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ । खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।
यस्तै हिजो भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएको थियो । पराजित भएपछि, प्रशिक्षक देसाईले आज हुन लागेको नेपाल र यूएईबीच सेमिफाइनलमा भुल सुधार्ने बताएका थिए।
उनले खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओमानको खेलको तारिफ समेत गरेका थिए । सँगै उनले नेपालको खेलले दर्शकहरु निराश हुनु परे पनि आजको युएईसँग हुन लागेको खेलमा ओमानसंग भन्दा राम्रो गर्ने बताए थिए ।
