काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले, शीर्ष दलका नेताहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले, सत्ता स्वार्थका लागि मिल्नेहरुले शान्ति प्रक्रियालाई पूर्णता दिने र पीडितलाई न्यायदिने काममा मिल्न कस्ले रोक्यो भन्ने प्रश्न उठाए ।
उनले भने ‘शान्ति प्रक्रियाको कुरा चल्यो, सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरु बिना सर्त एकठाउँमा उभिएको हामीले देखेका छौं । कोशीको कुरा हेर्दा त सबै दलहरु एकैठाउँमा उभिएका छन् । महागठबन्धन भएको छ । आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने पीडितलाई न्याए दिने शान्ति प्रक्रियामा चाँही के ले रोक्यो तपाईहरुलाई ?कस्ले रोक्यो कहाँ रोक्यो, हामी नयाँ दलले ?
त्यस्तै उनले, शीर्ष दलका नेता मुलुकको हितका लागि चिन्तित नरहेको टिप्पणी गरे । ‘आजहामी संविधान र व्यवस्था जोगाईराखेका र्छौं कि आफ्ना मानीसहरु जोगाई राखेका छौं छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ । यदि व्यवस्था जोगाई राखेको थियौं भने ,सान्चि नै संविधान मुलुक र जनताको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मानीसलाई कसरी छुटाउने अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउँने भन्ने कुराको चिन्ता हुने थिएन । हामीलाई व्यवस्था जोगाउनु छैन् आफ्ना मान्छे जोगाउनु छ ।’ उनले भने
उनले सफानियतका साथ देश हितमा काम गर्न नेताहरुलाई सुझाव दिए । राम्रो काममा साथ दिन आफ्नो पार्टी तयार रहेको उनको तर्क थियो । ‘अन्तराष्ट्रिय मानवअधिकार मान्यता अनुसार पीडितको न्यायलाई मध्यनजर राखेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन् । रोकेको छैन् रोकेको छ त केवल तपाईहरुको नियतले । सफा गर्नुहोस् । हामी नयाँ दलका रुपमा आएकाछौं । हामी प्रक्रियागत रुपमा पीडितका पक्षमा रहेर यसलाई टुङग्याउन कहाँ सघाउनुपर्छ हामीतयार छौं ।
