काठमाडौं, १५ कातिक– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडित केन्द्रित भएर टुंग्याउनु पर्ने बताएका छन् ।
आज बुधबार पार्टी कार्यलय च्यासलमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उनले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडित केन्द्रित भएर टुंग्याउनु पर्ने बताएका हुन् ।
उनले भने,‘यो राम्रै सँग सहमतिका साथ टुङ्याउनु पर्छ । पीडित केन्द्रित भएर टुंग्याउनु पर्छ, । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ ।त्यो त हाम्रो छ दै छ नि ।अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’
