घाँस काट्ने क्रममा अरिंगालले चिलेर एक जनाको मृत्यु, एक घाइते

१५ कार्तिक २०८०, बुधबार १३:५४

विराटनगर, १५ कातिक– घाँस काट्ने क्रममा अरिंगालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एकजनाको मृत्यु भएको छ ।अरिंगालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै अरिंगालले चिलेर घाइते भएका उनका ससुरा ५९ वर्षीय यामबहादुर लिम्बूको उपचार भइरहेको छ । घाँस काटिरहेका बेला नजिकै रहेको चिलाउनेको रुखबाट उडेर फैलिएका अरिंगालले उनीहरुलाई चिलेको जनाइएको छ ।