काठमाडौं, १४ कातिक–घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ । नेपालको जितमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ६५ रन बनाए । उनले ७ छक्का र २ चौका प्रहार गरे ।
त्यस्तै कुशल भुर्तेलले ४३ र आशिफ शेखले ३२ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।
