महासचिव गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता

१४ कार्तिक २०८०, मंगलवार १६:१६

काठमाडौँ, १४ कातिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचीवले संसदमा सम्बोधन गर्नु अघि अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपालको शान्तिप्रक्रिया, जलवायु परिवर्तन लगायतकाविषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।