टी–२० विश्वकपएसिया छनोट: हङकङमाथि बहराइनको सानदार जित

१४ कार्तिक २०८०, मंगलवार १३:१८

काठमाडौं, १४ कातिक– आईसीसी टी–२० विश्वकपएसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जितहातपारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई बहराइनले ५ बल अगावै १२६ रनमा अलआउट गरेको हो । बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ ।

पहिलो खेलमा यूएईसँग पराजित बहराइनले पहिलो जित निकाल्दा कुवेतलाई पहिलो खेलमा हराएको हङकङले पहिलो हार व्यहोरेको छ । बहराइन र हङकङको दुई खेलबाट समान २\२ अंक छ ।