मंगलबार घट्यो सुनको मूल्य

१४ कार्तिक २०८०, मंगलवार १२:३७

 

काठमाडौं, १४ कातिक– नेपाली बजारमासुनको मूल्य मंगलबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य तोलामा पाँच सयले घटेर प्रतितोला१ लाख १६ हजार कायम भएको हो ।

तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला पनि बढेको छ । ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।