काठमाडौं, १४ कातिक– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ८९ पैसा तोकिदिएको छ ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१पैसा रहेको छ । आज युरो एकको खरिद दर १४०रुपैयाँ ५८ पैसा र बिक्री दर १४१रुपैयाँ २१पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६६पैसा र बिक्री दर ८४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
