आईसीसी टी–२० विश्वकप एसिया छनोटः आज कूल चार खेल हुने,नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

१४ कार्तिक २०८०, मंगलवार १०:४०

काठमाडौं, १४ कातिक– आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

सोमबारदेखि नेपालमा सुरु भएकोटी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमासिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे टीयू मैदानमैसुरु हुनेछ ।

यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल बिहान ९ बजे तथा यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमासुरु हुनेछ ।

समुह चरण ए अन्र्तगतका आज हुने दुई खेलमा यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा दुवै टोलीले स्थान पक्का गर्नेछन् ।

८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन् ।