नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार दलबहादुर गुरुङ सहित विभिन्न पार्टीका ८४ जना नेता कार्यकर्ता एमालेमा प्रवेश

१३ कार्तिक २०८०, सोमबार १५:५३

काठमाडौं, १३ कातिक– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ एमाले प्रवेश गरेका छन् । एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गरेका गुरुङलाई पार्टीमा भव्य स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका एमालेका एक नेताले जानकारी दिएका छन ।