बारामा गोली हानेर शिक्षकको हत्या

१३ कार्तिक २०८०, सोमबार १५:१५

काठमाडौं, १३ कातिक– बारा जिल्लाको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेर स्कुलका प्रधानाध्यापकको मृत्यु भको छ ।

दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार गम्भीर घाइते भएका थिए ।गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।

तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्यासइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेका छन ।