काठमाडौं, १३ कातिक– प्रहरीले महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका–७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना ३ ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
