काठमाडौं, १३ कातिक– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २४पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा तोकिदिएको छ ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५०पैसा रहेको छ । आज युरो एकको खरिद दर १४०रुपैयाँ ४२ पैसा र बिक्री दर १४१रुपैयाँ ०५पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ १९पैसा र बिक्री दर ८४ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
