एजेन्सी– इजरायलमा भएको आक्रमणमा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको छ । गत ७ अक्टोबरयता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएको अलजजिराले जानकारी दिएको छ ।
यस्तै हमास आक्रमणमा परी इजरायलमा १ हजार ४ सय बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायल–हमास युद्धबाट गाजामा बालबालिका अत्याधिक चपेटामा परेका छन् ।
यसैबीच इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा समेत इजरायलले आक्रमण गरेपछि विश्व समुदायले आलोचना गरिरहेको छ ।
