त्रिकोणात्मकटी–२० श्रृखला: नेपाललाई यूएईद्वारा १४१ रनको लक्ष्य

१ कार्तिक २०८०, बुधबार १५:०७

काठमाडौं, १ कातिक–त्रिकोणात्मकटी–२० अन्तर्राष्ट्रिय श्रृखला अन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्यदिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मापाएको यूएईले, निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो ।

यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । यस्तै अलीनासिरले पनि ३२ रन जोडे । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन् ।

नेपालका करन केसीले ३, गुल्सनझाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हातपारे। विश्वकप छनोट तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने भएको छ ।