काठमाडौं, १ कातिक–आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगानगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेकोहो ।
पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा उनकी श्रीमती गम्भीर घाइते भएकी थिइन ।
घाइते छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको र सो बारे सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाटखटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
