काठमाडौं, ३० असोज– पेलिकन्सले आफ्नो विरासतलाई निरन्तरता दिँदै कुनै पनि जटिलताविना चितवनको इस्टर्न क्रिकेट एकेडेमीमा ६ म्याच टुर थपेर आफ्नो १६औँ क्रिकेट भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ ।
पेलिकन्सले ४० ओभरको शृङ्खला १–३ ले जितेर र टी–२० मा २–० ले क्लिन स्वीप गर्दै यस भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेको छ । खेलाडीको प्रदर्शनमा प्रवेश गर्दै समीर कँडेलले आफ्नो ब्याटिङ बलिङ र विकेटकिपिङमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दि सिरिजको उपाधि हासिल गरेका छन ।
दिनेश बुढा मगरले कठिन परिस्थितिमा धेरै अर्धशतकहरू प्रहार गर्दै आफ्नो ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए जसका कारण उनी शृंखलाको उत्कृष्ट ब्याट्सम्यान बनेका थिए भने मुख्य विकेट लिने र सबैभन्दा किफायती बलर किरण भट्टराई सिरिजको उत्कृष्ट बलर घोषित गरे।
