एमालेका कारण संविधान संशोधन असफल भयो: रक्षामन्त्री खड्का

३० आश्विन २०८०, मंगलवार १३:५२

काठमाडौं, ३० असोज–उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रकृया नेकपा एमालेका कारण रोकिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखी करण कार्यक्रममा बोल्दै उनले एमालेकै कारण संविधानस ंशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रकृया आज पनि थाँती नै रहेको बताएका हुन ।

उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रकृया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्तावलिएर गएका थियौं ।

त्यो प्रस्ताव अरु कसैको कारणले हैन एमालेको कारणले असफलभयो । त्यो असफल भएको संशोधनको प्रकृया आजपनि बाँकी छ ।’रक्षामन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रीक गणतन्त्र प्रति पूर्ण विश्वास गर्ने दलहरुको अगाडि कार्यान्वयनको चुनौतीका रुपमा रहेको औंल्याए ।