काठमाडौं, ३० असोज– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
आज युरोको भाउ सोमबारको तुलनामा बढेको छ । मंगलबार युरो एकको खरिद दर १४०रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७पैसा पुगेको छ ।
यस्तै,बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२पैसा तोकिएको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
