कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

२९ आश्विन २०८०, सोमबार १७:४३

विराटनगर, २९ असोज– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिनअघि मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन ।

विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।

दआफूसहित काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।एमालेका उपनेता रामबहादुर मगर र आफूसँगै कांग्रेसमा ‘विद्रोह’ गरेका इलामबाट प्रतिनिधित्व गर्ने सांसद शम्शेर राईलाई आइतबार उनले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।