काठमाडौं, २९ असोज– नेपाल राष्ट्र बैङ्कले दशैंका लागिनयाँ नोट वितरण शुरु गरेसंगै बैंकहरुमा सर्वसाधारणको भिड लागेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंक सहित विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट लिइरहेका छन् ।
नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेलले परम्परागत रुपमा नै दशैमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचलन रहेकाले त्यहि अनुसार यस वर्ष पनिनयाँ नोट वितरणको व्यवस्था गरिएको बताएका छन ।
५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट प्रतिव्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने उनले बताएका छन । ३ गते शुक्रबारसम्म सर्वसाधारणले विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने उनको भनाई छ ।
उनले भने,‘परम्परागत रुपमा नै दशैमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचल छ । त्यही अनुसार नै हामीले यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था गरेका छौं ।
आज देखि नयाँ नोट सटही सुरु गरेका छौं । एक जना मानिसले ५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट साट्न पाउने छन् । यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले साट्न पाउने व्यवस्थागरिएको छ ।
र आज सोमबार २९ गते देखि ३ गते शुक्रबार सम्म नयाँ नोट साट्न पाउने व्यवस्था छ बैङ्क तथावित्तीय संस्थाबाटै र राष्ट्र बैङ्क र प्रादेशिककार्यालयहरूबाट समेत नयाँ नोट साट्न पाइने ।’
दशैका लागिनयाँ नोट साट्न सर्वसाधारणहरूको बिहानैदेखि भिड छ । राष्ट्र बैंकमा नयाँ नोट साट्न बसेका भेषराज भट्टराईले कार्यालयमा नोट सटहीको व्यवस्थापन राम्रो र व्यवस्थित नभएको गुनासो गरे ।
राष्ट्रले छुट्टै सुविधा दिएको जेष्ठ नागरिकलाई पनि अरु सरह लाइनमा राख्ने र कर्मचारीले व्यक्तिगत काममा व्यस्तभई छिटो सेवानदिदाँ सर्वसाधारणलाई समस्याभएको भन्दै उनले आक्रोश पोखे ।
उनले भने,‘१०ः३० देखी लाइनमा छु । तीनघण्टाभयो लाइन बसेको ५ जनाजतिले मात्र अहिले पाउनु भएको छ बीचमा कोको आउनुभयो थाहा छैन् । कर्मचारी भित्र बसेर फोन गर्नुहुन्छ झ्यालमा आईज भन्नुहुन्छ ।
पैसाको जिम्मेवारी लिएको कर्मचारीले जनता यसरी लाइनमाछन् । व्यक्तिगत काममा व्यस्तहुने वृद्धवृद्धा लाइनमाछन् । जेष्ठनागरिकलाई राष्ट्रले छुट्टै सुविधादिन्छ तर यहाँ व्यवस्था यहि हो ।’ ?
