काठमाडौँ , २९ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले,विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदाचुनाव नै प्रभावकारी हुन नसकेको बताएका छन् ।
सोमबार जनप्रगतिशील मञ्चआवद्ध गैरआवासीय नेपाली संघ एनआरएनका प्रतिनिधिसंगको छलफलमा उनले विदेशमा भएका लाखौं नेपाली मतदान बाट वञ्चित हुँदा चुनाव नै फर्जी भएको बताएका हुन् ।
उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन् । उनीहरूको मतदानको अधिकार दिए पछि मात्रै फेयर इलेक्सनहुने भयो नेपालमा । विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने जस्तो भयो ।
उहाँबाटफोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँचाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा जो देखाप¥यो ।’ प्रधानमन्त्री प्रचण्डले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्यमान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने भएको टिप्पणी गरे ।
वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदानको गराएर ल्याउनुपर्छ भनेर निर्देशन दिएको बताएका छन ।
उनले भने,‘देशको आवश्यकता, राजनीतिक चेतना, मूल्यमान्यता, भन्दापनि भनसुनको आधारमा चल्ने हुनेभयो । त्यसलाई वस्तुगत र वैज्ञानिकढंगले मतदानको अधिकार पनिदिनुपर्छ भन्ने नीतिअन्तर्गत प्रवासीहरूलाई पनि मतदान गराएर ल्याउनुपर्छ भनेर निर्देशननै दिएको छु । ’
