काठमाडौ, २९ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ ।
लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो ।
व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको उक्त पार्टीका नेता तथा कार्यकताले जानकारी दिएका छन ।
प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन् ।
