ताथली पुलमा दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

२९ आश्विन २०८०, सोमबार १३:३०

काठमाडौ, २९ असोज– ताथली पुल बजार व्यापार तथा व्यवसायी समूह द्वारा दसैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।असोज २८ गते आइतबार घटस्थापनाको दिनमा चाँगुनारयण–९ ताथली भक्तपुरमा एक दिने सांस्कृतिक कार्यक्रम सञ्चालन भई सोही दिन नै समापन भएको हो ।

उक्त कार्यक्रममा स्थानीय विद्यालय का विद्यार्थीहरू र स्थानीय कलाकारहरुले आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रममा बुद्धिजीवी, समाजसेवी शिक्षक तथा शिक्षिकाहरु साथै स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।