आज डलरको भाउ स्थिर,अरुको के छ ?

२९ आश्विन २०८०, सोमबार १२:४०

काठमाडौं, २९ असोज– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ ।

आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा कायम छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै,बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७पैसा तोकिएको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।