दशैं बिदामा पनि सर्वोच्च सहित सबै तहका अदालत खुला रहने

२९ आश्विन २०८०, सोमबार १२:०२

काठमाडौं, २९ असोज– यो दशैं बिदामा पनि केही निश्चित सेवाका लागि सर्वोच्च सहित सबै तहका अदालतखुला रहने भएका छन् । बन्दी प्रत्यक्षी करणका लागि शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू बिहान १० बजे नै उपस्थित हुनेछन् । सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत तयार गरेको छ ।

जसअनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् । त्यसैगरी असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।

त्यस्तै,कात्तिक २ गते न्यायाधीश मनोजकुमार शर्मा,कात्तिक ३ गते नहकुल सुवेदीले रिट सुनुवाई गर्नेछन् । कात्तिक ४ गते शनिवार भने अदालत बन्द रहनेछ ।

कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमान सिंह राउतले रिट सुनुवाई गर्नेछन् । कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।

यस्तै, कात्तिक ८ गते हरिप्रसाद फुयाँल ९ गते कुमार रेग्मी,१० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।कात्तिक ११ गते शनिबार अदालत बन्द रहने र आइतबारबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।