काठमाडौं, २९ असोज– नेपाल राष्ट्र बैंकले आज देखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दैराष्ट्र बैंकले आज देखि नयाँ नोट साट्ने प्रवन्ध गरेकोे हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । ५, १०, २०, ५० रसय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।
उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
