विराटनगर, २८ असोज–कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसोे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
एमालेसँग छलफलपछि आजै दुईजना मन्त्री पनि नियुक्त हुने भएका छन् ।मुख्यमन्त्री कार्कीले उनले शपथ लिएपछि आजै एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
उनले नियुक्त गरेपछि मन्त्रीहरुले पनि आजै शपथ लिने कार्यक्रम छ नेपाली कांग्रेस शेखर कोइराला पक्षका ८ जना सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।
