काठमाडौं, २८ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् ।
आइतबार भरतपुर महानगरपालिका ३ मा आयोजित एक कार्यक्रमा उनले यस्तो आरोप लगाएका हुन । उनले कहिल्यै सरकारमाफर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएकाहुन् ।
सरकारले बनाएको मजबुतविदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्नभन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ ।
उनले भने,‘एकथरी मानिस छटपटिएका छन् । उनीहरुलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन ,सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने ,भारत अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रकृया पनिहो । यसबाट अब फेरि कहिँल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तितछन् ।’
उनले कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए । सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाई छ ।
उनले भने,‘कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एक थरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजनल्याउन सकिन्छ कि भनेर योजनाअन्र्तगतकाम गरे ।
तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ । अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमाकाम गर्ने प्रतिवद्धता म गर्न चाहन्छु ।’
