घर फर्किने कोही यात्रु अलपत्र पर्नु पर्दैन: उपाध्यक्ष सिटौला

२८ आश्विन २०८०, आईतवार १४:१३

काठमाडौं, २८ असोज– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले, दसैँ मनाउन घर फर्किन चाहाने सबैका लागि टिकटको व्यवस्था गरिने दाबी गरेको छ ।

महासङ्घका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले, यस वर्षको चाडपर्वमा कोहीपनि यात्रु अलपत्र पर्न नपर्ने गरी टिकटको व्यवस्थागरिएको जानकारी दिएकाहुन् ।

कोहीपनि यात्रु सवारी साधनको अभावमा अलपत्र पर्न नपर्ने व्यवस्था मिलाइएको उनको दाबी छ ।चाडपर्व विशेष समयमा नै टिकट सकिएपछियात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्य सम्म पुग्ननिकै नै असहजहुने गरेको गुनासो आईरहेका बेलाउनले यो वर्ष त्यो समस्यानहुने ठोकुवा गरे । ‘हामी व्यवस्थापन गर्दैछौँ । यात्रुहरू पठाउँदै छौं । टिकट पाइँदैन भन्ने कुरामा अगाडिको सिटको चाहिँप आउँदैन ।

अगाडि नै टिकट बुक गरिसकेका हुन्छन् । सडकको क्लियर कुरा नभएको कारणले क्युमा भएका रुटमा भएका सबै गाडीको अग्रिम बुकिङ खुल्ला गरिएको छ,’ उनले भने ।

अहिलेसम्म७० प्रतिशत भन्दा बढीटिकट सकिएको उनले बताए । तर टिकट अभाव हुननदिने उनको भनाई छ । ‘करिव ७० प्रतिशत भन्दा अग्रिम टिकट काटिसकेको छ ।

अन्य गाडीहरू दैनिक रुपमा आउँछ । सडकबाट गाडी यहाँ नआइपुगुन्जेल रिक्स लिएर टिकट काट्न समस्या छ । गत वर्षमा पनि टिकट पाउँदैन भन्ने गुनासोहरू आउँथ्यो ।

तर हामी सबै यात्रुहरूलाई मेची महाकाली पु¥याएकाछौं । बाटो सडकको कारणले पनि गाडीआवतजावतमा समयलाग्ने गरेको छ । ’ उनले यात्रुवाहक सवारी साधनलाई कहिँपनि डिस्टर्ब नगरी आवतजावत गराइदिन सम्बन्धित निकायलार्इ आग्रह गरेको बताए ।