मनाङ एयरको हेलिकप्टर शनिबार बिहान लोबुचेमा दुर्घटना

२७ आश्विन २०८०, शनिबार ०८:५९

काठमाडौँ, २७ असोज । मनाङ एयरको हेलिकप्टर शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५० बी३ई हेलिकप्टर बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।

हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेको भनाइ छ ।हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेडाई गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले जानकारी दिए ।